शीर्षक : बाबा विनाको घर।😥
छ्न्द : शार्दूलविक्रीडित
मेरो नाम सदा थियो शिखरमा आवास न्यानो थियो।
प्यारो काख सदैव त्यो समयमा आधार खेल्ने थियो।।
बाबा मात्र भए अती निकटमा तर्थे ठुलो सागर।
कस्तो शुष्क हरेक थोक जन हो बाबा विनाको घर।।
😥
ताजा सुन्दर सम्झना विगतका सम्झेर बस्दो भएँ।
जम्मै वात दिमागमा हजुरका अर्ती बनेरै रहे।।
बाधा मात्र अनेक पर्छ किन हो औधी मलाई डर।
थोत्रो लाग्दछ कामकाज नहुने बाबा विनाको घर।।
😥
कैयौ साल विते खुबै सुखदका सारो नमज्जा भयो।
आँखा केवल चित्र हेर्छ गहिरो आसा मरेरै गयो।।
बाबा डेग चलेन आज सजिलै औंला दिने को छ र?।
जस्तै तेज भए सदा मलिन यो बाबा विनाको घर।।
😥
जाँदा सालिक पुज्न मन्दिर हरे बोलेन कोही पनि ।
बाबा आज कुबेर ह्वौ म धनले लौ हुन्न आत्मा धनी ।।
कस्तै आपतमा त फुल्छ फुल त्यो संसारकै सुन्दर।
मैले सक्दिन भन्न लेख्न पदमा बाबा विनाको घर।।
😥
एको पुत्र भएर यो जगतमा मैले विराए कि त?।
थुप्रो आशिष त्यो सदा जनममा लौ माग्छु बाबा सित।।
मिल्थ्यो मात्र भने हरे भुवनमा बाबा म राख्थे निर ।
सारो व्यर्थ भयो नि हौ कचर झै बाबा विनाको घर।।
🖋️📚️रचना: विशाल सापकोटा
श्री हिमाली मा वि , भद्रपुर-१ झापा
#gopalrimal #nepalikabita #nepaligajan